TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 21, 2025 · Swadesh

भारतलाई हराउँदै पाकिस्तान यु–१९ एसिया कप च्याम्पियन

भारतलाई हराउँदै पाकिस्तान यु–१९ एसिया कप च्याम्पियन

काठमाडौँ। ओपनर समिर मिन्हासको कीर्तिमानी शतकीय पारीको मद्दतले पाकिस्तानले भारतलाई १९१ रनले पराजित गर्दै यु–१९ एसिया कपको उपाधि जितेको छ। 


आइतबार दुबईमा भएको फाइनल खेलमा पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत मात्र १५६ रनमा समेटियो।


टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको विशाल योगफल खडा गर्यो। पाकिस्तानको जितका नायक समिर मिन्हास बने, जसले ११३ बलमा १७२ रनको विष्फोटक पारी खेले। यो स्कोर युथ ओडिआई विश्वकपको फाइनलमा कुनै पनि ब्याटरले बनाएको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो। उनले १७ चौका र ९ छक्का प्रहार गरे।


मिन्हासलाई अहमद हुसेनले राम्रो साथ दिए। हुसेनले ५६ रनको अर्धशतकीय योगदान दिँदै मिन्हाससँग तेस्रो विकेटका लागि १३७ रनको साझेदारी गरे। भारतका तर्फबाट दिपेश देवेन्द्रनले ३ विकेट लिए पनि उनले १० ओभरमा ८३ रन खर्चिएका थिए।


३४८ रनको विशाल लक्ष्य पछ्याएको भारतीय टोली पाकिस्तानी बलरसामु निरीह देखियो। भारतका प्रारम्भिक ब्याटर वैभव सूर्यवंशीले १० बलमा २६ रन जोड्दै आक्रामक सुरुवात गरे पनि अलि राजाले उनलाई आउट गरेपछि भारतीय ब्याटिङ लाइनअप धर्मराएको थियो। भारतले पावरप्लेको समाप्तिसम्म ६८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो।


मध्यक्रमका ब्याटरहरू सस्तोमै समेटिएपछि भारत २६.२ ओभरमा १५६ रनमै अलआउट भयो। भारतका लागि दिपेश देवेन्द्रनले अन्त्यमा १६ बलमा ३६ रनको संघर्षपूर्ण पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन।


पाकिस्तानका बलर अलि राजाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४२ रन खर्चेर भारतको माथिल्लो र तल्लो क्रमलाई ध्वस्त पारेका थिए। त्यस्तै अहसानले २ विकेट लिए। प्रतियोगिताभरि विपक्षी टोलीलाई अलआउट गर्दै आएको पाकिस्तानले फाइनलमा पनि सोही लयलाई कायम राख्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →