← समाचारमा फर्कनुस्
Cricket Oct 18, 2024 · Swadesh

इङल्याण्डमाथि पाकिस्तान १५२ रनले विजयी

इङल्याण्डमाथि पाकिस्तान १५२ रनले विजयी

काठमाडौँ । पाकिस्तानले इङल्याण्डमाथि दोस्रो टेस्ट फराकिलो जीत हासिल गरेको छ। 

शुक्रबार पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भयो।

इङल्याण्डलाई कम रनमा अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिए भने साजिद खानले २ विकेट लिएका थिए|

यस टेस्टमा पाकिस्तानले पहिलो इनिङमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिङ मा २९१ रन बनाएको थियो। त्यस्तै पाकिस्तानले दोस्रो इनिङमा २२१ रन बनाएपछि इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो।

यो जीतसँग ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ। अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →