← समाचारमा फर्कनुस्
एसिया कप : पाकिस्तानको विजयी सुरुआत

काठमाडौँ । एसीसी एसिया कपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ।
शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेकाे हाे।
पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुँदै केवल ६७ रन मात्र बनाएको थियो।
ओमानका लागि हम्माद मिर्जाले सर्वाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाए। पाकिस्तानका लागि सैम आयुब, सुफियान मुक्वीन र फाहीम अशरफले २-२ विकेट लिएका थिए।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो। पाकिस्तानका लागि मोहमद हारिसले सर्वाधिक ६६, सहिबजादा फरहानले २९ र फखर जमानले २३ रन बनाएका थिए। त्यस्तै ओमानका बलर शाह फैसल र आमिर खानले ३-३ विकेट लिएका थिए।
जितसँगै पाकिस्तानको समुह ए मा २ अंक जाेडेकाे छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |