के पाकिस्तानले आफ्नो निर्णय फेर्नेछ ?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हतारमा प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिए राम्रो । यस्तोमा प्रश्न हो, के पाकिस्तानले आफ्नो निर्णय फेर्नेछ ? एउटा तथ्य भने निश्चित छ, पाकिस्तानको यो निर्णयले प्रतियोगितामै गम्भीर प्रभाव भने पारेको छ । भयो के भन्दा, पाकिस्तानी सरकारले आफ्नो राष्ट्रिय टिमलाई आइतबार ट्वान्टी ट्वान्टी विश्वकपमा खेल्न अनुमती त दिएको छ ।
तर सरकारले टिमलाई भारतविरुद्धको खेलमा सहभागी हुनबाट भने रोक लगाएको छ । पाकिस्तानी सरकारले भनेको छ, ‘पाकिस्तानी क्रिकेट टिमलाई ट्वान्टी ट्वान्टी विश्वकपमा सहभागिताका लागि अनुमती दिइएको छ । तर भारतविरुद्ध फेब्रवरी १५ हुने भनिएको खेलमा सहभागिता जनाउने छैन् ।’ यस निर्णयपछि पाकिस्तानले भारतविरुद्ध नखेल्न निर्णय गर्न सक्ने हल्लाले पुष्टि पाएको छ । पाकिस्तानको यो निर्णय बंगलादेशको समर्थनमा अगाडि आएको हो ।
बंगलादेशलाई प्रतियोगिताबाट हटाइएपछि पाकिस्तानले विश्वकप बहिस्कार गर्न सक्ने बताएको थियो । बंगलादेशले आफ्ना खेल सुरक्षाको कारण देखाएर भारतबाट सारेर श्रीलंका लान अनुरोध गरेको थियो, तर त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मानेको थिएन । आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरिसकेको छ । पाकिस्तानले यसको पनि विरोध गरेको छ र आईसीसीले दोहोरो मापदण्डको नीति अपनाएको आरोप पनि लगाएको थियो ।
दक्षिण एसियाली भू राजनीतिले समस्यामा पारेको एउटा अर्को ठूलो प्रतियोगिता भएको छ, यही ट्वान्टी ट्वान्टी विश्वकप । जति बेला इतिहासमा यसको चर्चा हुनेछ, त्यति बेला यो प्रतियोगिताको मैदानमा देखिएको रौनकता भन्दा पनि बढी उल्लेख हुने विषय हुनेछ, बंगलादेशले प्रतियोगिता नै नखेल्नु, अनि पाकिस्तानको उसकै समर्थनमा भारतविरुद्धको खेल बहिस्कार गर्नु । यी घटनाक्रमले अब दक्षिण एसियाका अन्य खेल क्षेत्र पनि प्रभावित हुन सक्ने निश्चित जस्तै भएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women