पाकिस्तान र दक्षिण अफ्रिकाबीच बराबरीको टक्कर

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन सोमबार पहिले ब्याटिङ गर्दै पाकिस्तानले पाँच विकेटमा २ सय ५९ रन बनाएको छ । रावलपिन्डीमा पाकिस्तानका लागि सइद सकिल ४२ र सलमान आगा १० रन बनाएर खेलिरहेका छन् ।
पाकिस्तान दुई टेस्टको सिरिजमा १–० ले अगाडि छ र दक्षिण अफ्रिकालाई सिरिज बराबरी गर्ने हो भने यो टेस्ट जित्नु पर्नेछ । अब दोस्रो दिनको खेल सुरु हुँदा पाकिस्तान सक्दो स्कोर बनाउने उद्देश्यमा हुनेछ । दक्षिण अफ्रिकाको योजना भने पाकिस्तानलाई सस्तोमा समेट्ने हुनेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिकले ५७ रन बनाए । इनिङ्सको सबैभन्दा ठूलो स्कोर भने कप्तान सान मसुदको नाममा रह्यो, उनले ८७ रन बनाए । त्यसमा दुई चौका र तीन छक्का सामेल छन् । दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र सिमोन हार्मरले समान दुई विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |