← समाचारमा फर्कनुस्
दक्षिण अफ्रिकामाथि पाकिस्तानको दबाब

पाकिस्तानले दोस्रो टेस्टको दोस्रो दिन मंगलबार दक्षिण अफ्रिकामाथि दबाब सिर्जना गरेको छ । रावलपिन्डीमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा एक सय ८५ रन बनाएको छ ।
दिनको खेल सकिंदा पाहुना टिम अझै एक सय ४८ रनले पछाडि छ । उसका लागि ट्रिस्टन स्टब्स ६८ रन बनाएर खेलिरहेका छन् । उनलाई क्रिजमा १० रन बनाएका केली भेरेयनले साथ दिइरहेका छन् ।
दक्षिण अफ्रिकाका लागि टोनी डे जोर्जीले पनि ५५ रनको अर्ध शतकीय इनिङ्स खेले । त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ३३ रन बनाएर अलआउट भएको थियो ।
स्पिनर केशव महाराजले सात विकेट लिएपछि पाकिस्तान ठूलो स्कोर बनाउन चुकेको थियो । घरेलु टिम दुई टेस्टको सिरिजमा १-० ले अगाडि छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |