← समाचारमा फर्कनुस्
Cricket Jun 12, 2024 · Swadesh

पाकिस्तानको पहिलो जित

पाकिस्तानको पहिलो जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्युयोर्कमा पाकिस्तानले क्यानडामाथि ७ विकेटको जित हासिल गरेको हो।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

जितसँगै पाकिस्तान तीन खेलमा दुई अंकका साथ समूह ए को तेस्रो स्थानमा उक्लिएको छ। यो जितसँगै सुपर एटमा पुग्ने पाकिस्तानको सम्भावना कायमै रहेको छ।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ५३ बलमा २ चौका र १ छक्काको ५३ सहयोगमा रनको अर्धशतकीय ईनिङ खेले। कप्तान बाबर अजामले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए।

दोस्रो विकेटका लागि कप्तान अजाम र रिजवानले ६२ बलमा ६३ रनको महत्वपुर्ण साझेदारी गरे।

क्यानडाका लागि बलिङतर्फ डेलिन हेलिङ्गरले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर ओरोन जोनसनको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो।

क्यानडाका लागि ओपनर जोनसनले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले। कलिम सानाले १४ बलमा १३ तथा कप्तान साद विन जाफरले २१ बलमा १० रन बनाए  अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले समान दुई दुई तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान एक एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →