यू-१९ एसिया कपः पाकिस्तानसँग नेपाल पराजित

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले जितका लागी दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो ।
पाकिस्तानको जितमा आजन आविसले अविजित सर्वाधिक ५६ रन बनाए। त्यस्तै साद बेगले ५० रन बनाए।
नेपालका लागी गुलशन झाले सर्वाधिक २ विकेट लिदा आकाश त्रिपाठीले १ विकेट लिए।
त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो।
नेपालका लागी उत्तम रंगु थापामगरले अर्धशतक बनाए। उनले ७० बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनी ४०औँ ओभरको पाँचौँ बलमा ५१ बनाएर आउट भएका थिए।
त्यस्तै अर्जुन कुमालले २१ रन बनाए, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १ र तिलक भण्डारीले ७ रन बनाएका थिए।
पाकिस्तानका लागी बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिए। त्यस्तै आमिर हसनले २ विकेट र उबैद शाह र अलि अस्फान्डले १-१ विकेट लिएका थिए।
नेपालले समुह ए अन्तर्गतको अर्को खेलमा आइतबार अफगानिस्तानसँग खेल्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |