← समाचारमा फर्कनुस्
एसिया कप : फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ। पाकिस्तान एसीसी एसिया कपको फाइनलमा पुगेको छ। बिहीबार राति सम्पन्न सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशलाई ११ रनले पराजित गरेसँगै पाकिस्तान फाइनलमा पुगेको हो।
पाकिस्तानले दिएको १३६ रनको मध्यम लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाए पछि पाकिस्तान ११ रनले विजयी भएको हो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।
एसिया कपको फाइनलमा पाकिस्तानको भिडन्त भारतसँग हुने भएको छ। यस प्रतियोगितामा भारत र पाकिस्तान यसअघि दुई पटक भिडीसकेका छन् र दुवै खेल भारतले जितेको छ। फाइनल खेल आइतबार हुने छ। त्यसअघि सुपर फोर अन्तर्गतको अन्तिम खेल आज भारत र श्रीलंकाबीच हुने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |