← समाचारमा फर्कनुस्
Cricket Nov 05, 2023 · Nepalsports

पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

काठमाडौं । पाकिस्तानले डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा  न्युजिल्यान्डलाई पराजित गरेको छ ।

पाकिस्तानले न्युजिल्यान्डलाई (डिएलएस) का आधारमा २१ रनले पराजित गरेको छ ।

जितको लागि ४ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.३ ओभरमा १६०-१ को अवस्थामा वर्षाले खेल रोकिएको थियो । 

पाकिस्तानका फखर जमान ८१ बलमा ८ चौका र ११ छक्कासहित १ सय २६ रनमा नट आउट रहे । 

बाबर आजम ६३ बलमा ६ चौका र २ छक्कासहित ६६ रनमा नट आउट रहे ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रन बनाएको थियो । 

न्युजिल्यान्डका लागि रविन्द्रले ९४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे ।

 यसैगरी केन विलियमसनले ७९ बलमा १० चौका र दुई छक्काको मद्दतले ९५रन बनाए ।

यो जितपछि पाकिस्तानको ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक भएको छ र अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

न्यूजील्याण्ड भने हारका बाबजुत ८ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा नै रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →