← समाचारमा फर्कनुस्
Football Dec 13, 2023 · Nepalsports

पञ्चशिल युबा क्लब फाइनलमा प्रवेश

पञ्चशिल युबा क्लब फाइनलमा प्रवेश

मकवानपुर : मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगितामा पञ्चशिल युबा क्लब फाइनलमा प्रवेश गरेका छन् ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा पञ्चशिल युबा क्लब विजयी भएको थियो । पञ्चशिल युबा क्लबले जनहित युबा क्लबलाई ३ –० गोलको अन्तरले हराएको हो ।

खेलमा पञ्चशील युवा क्लबका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै पञ्चशिल युबा क्लबका राजन गोलेलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यसैगरि भोलीको सेमिफाइनलको विजेतासँग आगामी मंसिर ३० गते हुने फाइनल खेलमा पञ्चशिल युबा क्लबले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ । मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग क्वालिफाईबाट २ टोलीले मकवानपुर जिल्ला लिगमा स्थान बनाउने जानकारी दिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →