← समाचारमा फर्कनुस्
Cricket Jun 15, 2025 · Swadesh

पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताः उपाधिका लागि पाँचपोखरी र मेलम्ची प्रतिस्पर्धा गर्ने

पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताः उपाधिका लागि पाँचपोखरी र मेलम्ची प्रतिस्पर्धा गर्ने

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार तय भोटेचौर स्पोर्टस क्लबसँगकाे पहिलो सेमिफाइनल वर्षाका कारण हुन नसके पनि समूह विजेता भएका आधारमा पाँचपोखरीले फाइनलमा स्थान बनायो । 

पाँचपोखरी समूह ‘ए’ को विजेता तथा भोटेचौर समुह‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।  

यता निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा पराजित गर्यो । 

साँगाचोकले प्रस्तुत गरेको ८२ रनको लक्ष्य पछ्याएको मेलम्चीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । 

वर्षाका कारण खेललाई १० ओभरमा झारिएको थियो । मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले ३३, उत्तम थापा मगरले १५ र सोनु देवकोटाले ११ रन बनाए । 

सँगाचोकका लागि उद्धव तिमल्सिनाले दुई तथा प्रतिक श्रेष्ठ, समुन चौलागाईँ र मनिष पराजुलीले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो । 

साँगाचोकका लागि आशोक पौडेल ३३, प्रतिश श्रेष्ठले २१ र कप्तान उमंग धितालले १० रन बनाए । 

मेलम्चीका लागि सन्दीपकुमार शाहले दुई तथा सोनु देवकोटा, निशान भारती, राकेश श्रेष्ठ र रिन्जिङ लामाले समान एक विकेट लिए । 

मेलम्ची  समुह ‘बी’ को विजेता र साँगाचोक समूह ‘ए’ को उपाविजेताका रूपमा अन्तिम चारमा पुगेका थिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको फाइनल सोमबार हुनेछ । 

 प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →