← समाचारमा फर्कनुस्
Football Aug 24, 2026 · Swadesh

पीएसजीको बराबरीमा चम्के टोरेस

पीएसजीको बराबरीमा चम्के टोरेस

स्पेनलाई विश्वकप २०२६ दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका फेरान टोरेसले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लागि डेब्यु गरेका छन् र उनकै दुई गोलको मदतले क्लबले रेनेससँग २–२ को रोमाञ्चक बराबरीमा खेलेको छ ।

विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका टोरेस सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेका थिए र यसक्रममा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सफल रहे । रेनेसका लागि सबास्टिन सेमास्की र स्टेबन लेपउलले एक एक गोल गरे ।

रेनेसले दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् र अन्त्यमा एक अंकमै चित्त बुझाउन बाध्य रह्यो । त्यस अगाडि ४० वर्षीय खेलाडी ओलिभर जिरोडको दुई गोलको मदतले लिलले एन्गेर्समाथि २–० को जित हात पार्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →