← समाचारमा फर्कनुस्
Football Sep 18, 2024 · Abhinav

गत विजेता वडा १४ को विजयी सुरुआत

गत विजेता वडा १४ को विजयी सुरुआत

दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ ले बुधबार विजयी सुरुआत गरेको छ । सोही दिन भएको अन्य खेलमा वडा नं ३, वडा नं २० र वडा नं १० ले पनि आआफ्नो खेलमा जित हात पारेर प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भए । लैनचौर फुटसल मैदानमा वडा १४ ले वडा १५ लाई १–० ले हरायो । सो खेलमा रुपक हमालको गोल निर्णायक बनेको हो । रुपकनै म्यान अफ दि म्याच घोषित हुनुभयो । यसैगरी वडा ३ ले वडा ३0 लाई ७–० को फराकिलो अन्तरले हरायो । विजयी टिमका सुजन महर्जनले चार, प्रज्वल भट्टले दुई तथा अनुराग श्रेष्ठले एक गोल गर्नुभयो । ह्याट्रिकसहित चार गोल गर्ने सुजन म्यान अफ दि म्याच बन्नुभयो । वडा २० ले वडा २९ लाई २–० ले पराजित गर्यो । वडा २० का लागि दुवै गोल युनिक मान डङ्गोलले गर्नुभयो । युनिकनै उत्कृष्ट खेलाडी चुनिनुभयो । बुधबारको अन्तिम खेलमा इम्रोज श्रेष्ठको गोलको सहयागमा वडा नं १० ले लडा नं २ लाई १–० ले निराश बनायो । सो खेलमा इम्रोजले उत्कृष्ट खेलाडीको पुरस्कार पाउनुभयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →