← समाचारमा फर्कनुस्
Cricket Jun 02, 2024 · Swadesh

पीएनजीद्वारा वेस्ट इन्डिजलाई १३७ रनको लक्ष्य प्रस्तुत

पीएनजीद्वारा वेस्ट इन्डिजलाई १३७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसिसी टी-२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) ले वेस्ट इन्डिजलाई १३७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

गुयानाको प्रोभिडेन्समा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएयो।

पपुवा न्यूगिनीका सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। कप्तान असद भाला २१ र चार्ल्स अमिनी १२ र चार्ड सोपरले १० रन बनाउँदा काबुआ वागी मोरेया दुई रनमा अविजित रहे।

वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए। अकील हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले समान एक विकेट लिए।

आइतबारबाट सुरु विश्वकपमा आयोजक अमेरिकाले विजयी सुरुवात गरीसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →