← समाचारमा फर्कनुस्
Cricket Jul 30, 2025 · Swadesh

ओभल टेस्ट अगाडि चर्को तनाव

ओभल टेस्ट अगाडि चर्को तनाव

इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम टेस्ट बिहीबारदेखि ओभलमा सुरु हुँदैछ र तय छ, यो खेल रोमाञ्चक मात्र रहने छैन्, तनावपूर्ण पनि रहनेछ । यसको झल्को अहिले नै देखा पर्न थालिसकेको छ । यो टेस्ट हुनेछ, लन्डनको दोस्रो प्रसिद्ध मैदान ओभलमा । 

यो हो, सरेको घरेलु मैदान । भारतीय टिमले सोमबार त्यही मैदानमा पहिलो पटक अभ्यास गरेको थियो र त्यति बेलाको माहोल वास्तवमै तनावपूर्ण रह्यो । भारतीय टिमका मुख्य प्रशिक्षक गौत्तम गम्भीर र उनका सहयोगी सरेका ग्राउन्ड स्टाफसँग झगडा र भनाभनको स्थितिमा ओर्लिए । 

सुरुमा सरेका ती ग्राउन्ड स्टाफले मैदानको निश्चित भागमा प्रशिक्षण नगर्न चेतावनी दिए । जवाफमा भारतीय टिमले पनि प्रशिक्षण आफू खुसी हुने र त्यसलाई रोक्ने अधिकार उनीहरूमा नभएको जवाफ फर्काए । यसले स्थिति वास्तवमै नाजुक बनाएको थियो ।
  
कुल पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ । इंग्ल्यान्डले यो टेस्ट जिते, सिरिज उनको नाममा जानेछ । बराबरी नतिजा पनि उसकै फाइदामा छ । भारतका लागि भने सिरिज बराबरी गर्न पनि यो टेस्ट जित्नु नै पर्छ । त्यसैले पनि जताततै तनावका स्थिति बनिरहेको हो । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →