← समाचारमा फर्कनुस्
Cricket Apr 10, 2023 · Nepalsports

नेपाल आउने ओमानको टोली घोषणा

नेपाल आउने ओमानको टोली घोषणा

काठमाडौ- नेपालमा आयोजना हुन लागेको एसिसी प्रिमियर कपका लागी ओमानले १४ सदस्य टोली घोषणा गरेको छ।

एसीसी प्रिमियर कप टियु र मुलपानी मैदानमा अप्रिल १८ देखि मे १ सम्म हुनेछ।

प्रतियोगिताको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । 

त्यस्तै समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । 

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

ओमानको टिमः

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →