← समाचारमा फर्कनुस्
ओमान १०९ रनमा अल आउट

काठमाडौं । टी२० विश्वकपको तेस्रो खेलमा ओमान १०९ रनमा अल आउट भएको छ।
वेस्ट इन्डिजको बारबाडोसमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै १०९ रनमा समेटिएपछि नामिबियाले जितका लागि ११० रनको लक्ष्य पाएको छ।
ओमानका लागि खालिद कैलले ३९ बलमा १ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए। जिशान मक्सुदले २० बलमा २२ तथा आयान खानले २१ बलमा १५ रन बनाए।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले चार तथा डेबिड बिजेले तीन विकेट लिए। ग्रेहार्ड इरास्मसले दुई विकेट लिए।
ओमान र नामिबियाबीच टी-२० आईको पछिल्लो पाँच खेलमा नामिबिया तीन तथा ओमान दुई खेलमा विजयी भएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |