← समाचारमा फर्कनुस्
Cricket Jul 23, 2025 · Swadesh

ओल्ड ट्रायफोर्डमा आजदेखि चौथौ टेस्ट

ओल्ड ट्रायफोर्डमा आजदेखि चौथौ टेस्ट

इंग्ल्यान्ड र भारतबीच चलिरहेको पाँच टेस्टको सिरिज रोमाञ्चक मोडमा छ र त्यसकै चौथो टेस्ट आज बुधबारदेखि म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा सुरु हुनेछ । सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ । घरेलु टिमसामु सिरिज जित्ने अवसर हुनेछ ।

भारत भने यो टेस्ट जितेर सिरिज बराबर गर्ने लक्ष्यमा हुनेछ । लर्डसमा भएको तेस्रो टेस्टमा इंग्ल्यान्डले सनसनीपूर्ण जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो । म्यानचेस्टरमा हुने अबको टेस्ट पनि उत्तिकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

भारतका लागि यो टेस्टमा आफ्ना स्टार फास्ट बलर जसप्रित बुमराहलाई खेलाउने अथवा नखेलाउने निर्णय प्रमुख मुद्दा रहेको छ । चोटको समस्याबाट गुज्रिरहेका बुमरालाई आराम पनि उत्तिकै आवश्यक रहेको छ । सिरिजमा उनले तीन टेस्ट मात्र खेल्ने बताइएको थियो ।

त्यसमध्ये उनले दुई टेस्ट खेलिसकेका छन् । भारतलाई बलरकै समस्या भइरहेको छ । अर्कोतर्फ इंग्ल्यान्डसामु आफ्नो माथिल्लो क्रमको ब्याटिङ समस्या समाधान गर्नु पर्ने आवश्यकता छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →