एनएसएलको पुरस्कार रकम दोब्बर

नेपाल सुपर लिग एनएसएल को विजेताले पहिलो संस्करणको पुरस्कार राशी भन्दा दोब्बर पाउने भएको छ । एनएसएलको दोस्रो संस्करणको विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करण सन् २०२१ को विजेताले ३५ लाख रुपैयाँ पाएको थियो।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रवन्ध निर्देशक श्रेयंश कार्कीले हिजो बुधबार एक विज्ञप्ती जारी गर्दै विजेतो ७० लाख रुपैयाँ पाउने जानकारी गराएको हो । दोस्रो हुने टोलीको २० लाख रुपियाँ प्राप्त गर्नेछ । एनएसइएमकी अध्यक्ष आश्रयता कार्की चौधरीले नेपाली फुटबलको स्तर उकास्न प्रतिबद्धता व्यक्त गरेको सोही विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्ने छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |