← समाचारमा फर्कनुस्
Football Jul 17, 2024 · Swadesh

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा न्युरो टिम (एनआरटी) ले लगातार दोस्रो जित हासिल गरेको छ। 

सातदोबाटास्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीले एफसी खुमलटारलाई १–० गोलले पराजित गरेको हो। 

एनआरटीको जितमा सन्तोष गुम्बाले गोल गरे। उनले खेलको ६२औँ मिनेटमा गोल गरेका थिए। 

यो जितसँगै एनआरटीले दुई खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। यसअघि एनआरटीले आफ्नो पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गरेको छ। 

यता, पराजित खुमलटारले दोस्रो खेलमा पराजय ब्यहोरेको छ। यसअघि पहिलो खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोलले पराजित गरेको थियो। खुमलटारको दुई खेलबाट तीन अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →