एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई रोचक खेलहरू हुँदैछन्।
पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्स बीच बिहान ११:१५ बजे त्रिवि रंगशालामा हुनेछ।
पहिलो खेलमा जित निकालिसकेको लुम्बिनी आज पनि उत्कृष्ट लय कायम राख्न चाहन्छ। कप्तान रोहित कुमार पौडेलकाे नेतृत्वमा रहेको लुम्बिनीमा राष्ट्रिय टोलीका सन्दीप जोरा र विवेक यादव रहेका छन् भने विदेशीतर्फ थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता स्टार खेलाडीले टोलीलाई मजबुत बनाएका छन्।
त्यसैबेला पहिलो खेलमा हार व्यहोरेको कर्णाली याक्स आज पुनरागमनका उद्देश्यले मैदान उत्रँदैछ। कप्तान सोमपाल कामी नेतृत्वमा रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, पवन सराफ जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशीतर्फ जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान समावेश छन्।
दोस्रो खेल आज दिउँसो ३:३० बजे सुरु हुनेछ जहाँ काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने छन्।
जारी एनपीएलमा दुई खेलबाट एक जित हात पारेको काठमाडौँ गोर्खाज आज अंक तालिकामा अघि बढ्ने लक्ष्यमा छ। कप्तान करण केसीसहित टोलीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी अनुहारमा मार्वे इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमार छन्।
पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै जित निकालिसकेको विराटनगर किंग्स आज पनि मजबुत प्रतिद्वन्द्वीका रूपमा देखिँदैछ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलीमा लोकेश बम र प्रतिश जिसी जस्ता घरेलु खेलाडी छन् भने विदेशी शक्ति निकै बलियो छ। जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली–हीजलेट।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |