← समाचारमा फर्कनुस्
Cricket Nov 18, 2025 · Swadesh

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलबार दुई रोमाञ्चक खेल हुँदैछन्।


पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। खेल बिहान ११:४५ बजे सुरु हुनेछ।


कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनालसहित रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी छन्।


त्यस्तै सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्समा गुलशन झा, नन्दन यादव, पवन सराफसहित जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समावेश छन्।


दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दिउँसो ४ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसीसहित जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुब्रहमण्यन, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली हीजलेट जस्ता विदेशी स्टार खेलाडी रहेका छन्।


कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्दसहित डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी छन्।


यसअघि सोमबार भएको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →