← समाचारमा फर्कनुस्
एनपीएलको टिकटको मुल्य तय, सामान्यतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मुल्य तोकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलको लागि टिकट मुल्य सार्वजानिक गरेको हो।
एनपीएलको उद्घाटन खेलमा सामान्यका तर्फ ३ सय र भिआइपी तर्फ सात सय तोकिएको छ। त्यस्तै, सार्वजानिक भएको टिकट मूल्य अनुसार अन्य लिग खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ लगि पाँच सय रुपैयाँ तोकिएको छ।
प्लेअफका खेल हुने दिन सामान्यतर्फ पाँच सय र भिआइपी तर्फका लागि सात सय छ भने फाइलन खेलको लागि सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य रहेको छ।
यता, सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ। यसमा क्यानले २० प्रतिशत छुट पनि दिएको छ।
पहिलो संस्करणको एनपीएल मसिंर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदै छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |