← समाचारमा फर्कनुस्
नेपाल प्रिमियर लिगका लागि ४५८ खेलाडीले गराए आफ्नो नाम दर्ता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा संचालन हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ४५८ जना नेपाली खेलाडी दर्ता भएका छन्।
क्यानका अनुसार जुलाई १२ देखि २२ सम्म सञ्चालन गरिएको दर्ता प्रक्रिया यी खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन्। दर्ता भएका सम्पूर्ण खेलाडीहरुको विवरण ८ फ्रेन्चाईज टोलीहरुलाई उपलब्ध गराइएको क्यानले जनाएको छ।
अब नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार गरेको मापदण्ड तथा फ्रेन्चाईज टोलीहरुले इच्छाएको खेलाडीको प्राथमिक सूचीको आधारमा अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली तय गरिनेछ।
क्यानले आगामी श्रावण २४ गते (अगस्ट ८, २०२५) खेलाडी मिनी अक्सनको मिति तय गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |