← समाचारमा फर्कनुस्
Cricket Dec 16, 2024 · Swadesh

एनपिएलको प्लेअफ समीकरण पूरा

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ।

सोमबार लिग चरणको लिग चरणका खेल सकिएसँग प्लेअफमा पुग्ने चारै टोली तय भएको हो।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो।  

हारका बाबजुद कर्णाली याक्सले प्लेअफमा स्थान पाक्का गर्दा काठमाडौं गुर्खाज भने प्रतयिोगिताबाट बाहिरिएको छ। यसअघि नै जनकपुर बोल्ट्स, सुदूरपश्चिम र चितवन राइनोजले प्ले अफमा स्थान बनाइसकेका थिए। 

सुदूरपश्चिम सात खेलमा ६ जित र एक हारसहित १२ अंक जोडेर शीर्ष स्थामा रह्यो। दोस्रो स्थानको जनकपुरले पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्यो।

चितवन, कर्णाली र काठमाडौंले समान चार जित र तीन हारको नतिजासहित समान आठ अंक जोडे। तर नेटरनरेटमा आगाडि हुँदा चितवनले तेस्रो र कर्णाली चौथो स्थानमा रहे।

यस्तै प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरले प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सिधैं फाइनलमा स्थान पक्का गर्नेछ। हार ब्यहोर्ने टोलीले पनि दोस्रो क्वालिफायरको मौका पाउनेछ।

चितवन र कर्णालीबीच पनि बुधबारै इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीको सामना गर्नेछ।

इलिमिनेटरमा हार्ने टोलीको भने एनपिएल यात्रा सकिने छ।

बिहीबार हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेतासँग प्रतिस्पर्धा गर्नेछ प्रतितयोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →