एनपीएलको मिनी अक्सन आज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सन शनिबार हुँदैछ।
अक्सनमा १५० मध्ये ३७ खेलाडी ८ फ्रेन्चाइज टिमले किन्नेछन्। हरेक फ्रेन्चाइजले अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न पाउने छन्। अक्सनमा रिटेन खेलाडीको मूल्य घटाएर बाँकी बजेटबाट टिमले खेलाडी खरिद गर्नेछन्।
यसपटक जुनसुकै ग्रेडबाट खेलाडी लिन सकिने भएकाले टिमले आवश्यकताअनुसार छनोट गर्न सक्नेछन्। विराटनगर किंग्ससँग ४५ लाख ५० हजार, जनकपुर बोल्ट्ससँग ३३ लाख, चितवन राइनोजसँग ५८ लाख, काठमाडौं गुर्खाजसँग ४३ लाख, पोखरा एभेन्जर्ससँग ३७ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४५ लाख २५ हजार, कर्णाली याक्ससँग ४९ लाख र सुदूरपश्चिम रोयल्ससँग ४१ लाख ५० हजार रुपैयाँ पर्समा बाँकी छ।
यीमध्ये विराटनगर, चितवन, काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई पाँच–पाँच खेलाडी चाहिने छ। जनकपुर र पोखराले टोलीमा चार–चार खेलाडी थप गर्नुपर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |