← समाचारमा फर्कनुस्
Cricket Nov 10, 2025 · Swadesh

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्ने

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्ने

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। 


आयोजक नेपाल क्रिकेट संघ क्यानले सोमबार आगमी मंसिर एक गतेबाट सुरु हुने गरि सिजन टु को खेल तालिका सार्वजनिक गरेकाे हाे। 


उक्त तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता जनकपुर वोल्सले काठमाडौं गुर्खाज भिड्ने भएका छन्। उक्त दिन एक खेल मात्रै रहेकाे छ भने खेल ४ बजेबाट सुरु हुनेछ। यस्तै खेल फ्लडलाइडमा हुनेछ। 


दाेस्राे दिन दुई खेल हुनेछ भने तेस्राे, चाैथाे र पाँचाैँ दिन पनि समान एक खेल हुनेछ। दिनमा दुई खेल हुँदा पहिलाे खेल ११:४५ तथा दाेस्राे खेल ४ बजेबाट सुरु हुनेछ। यस सिजन पनि अघिल्लाे सिजनकाे जस्तै आठ टाेलीकाे सहभागिता रहेकाे छ। 


दाेस्राे दिन चितवन राइनाेज र कर्णाली याक्स तथा बिराटनगर किंग्स र पाेखरा एभेन्जर्स भिड्नेछ। 


यस्तै, प्रतियाेगिताकाे फाइनल खेल मंसिर २७ गते हुनेछ। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →