एनपीएल : फाइनलका लागि दुबै टिम तयार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ।
खेल अघि आयोजित पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए। उनले भने,‘हाम्रो सबै खेल राम्रो नै भएको छ। अब एउटा अन्तिम खेल बाँकी छ। त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौँ। क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं। परिणामको बारेमा सोचेका छैनौ। खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौँ। खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन्। जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ।’
यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए। उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ। फाइनल खेलको लागि विशेष योजना केही छैन। आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो।’
विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |