← समाचारमा फर्कनुस्
Cricket Nov 27, 2025 · Swadesh

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहिवार दुई खेल हुनेछन्।


दिनको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन्। खेल बिहान ११:४५ बजे सुरु हुनेछ। जारी सिजनमा लुम्बिनीले तीन खेलमध्ये एकमा मात्र जित हासिल गरेको छ भने सुदूरपश्चिमले तीनै खेल जितेको छ।


रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादवलगायत राष्ट्रिय खेलाडी छन्। दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिममा अभिनाश बोहरा, आरिफ शेख र विनोद भण्डारी रहेका छन्।


दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दिउँसो ४ बजेदेखि भिड्नेछन्। दुवै टिमले यसअघि खेलेका दुई खेलमा पराजय व्यहोरेका कारण पहिलो जितको खोजीमा रहनेछन्।


अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख र ललित राजबंशी रहेका छन्। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल र आकाश चन्द रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →