← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2025 · Swadesh

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ। आज हुने दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुने छ। यो खेल बिहान ११स् ४५ बजेदेखि सुरु हुँदैछ।


जारी एनपिएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन। जनकपुरले चार वटै खेलमा हार बेहोरेको छ। त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ।


त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। जारी एनपिएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै  कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →