इराकमाथि नर्वेको सजिलो जित

नर्वेले विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा बुधबार इराकलाई सजिलै ४–१ ले हराएको छ । यो जितमा इर्लिङ हालान्डले दुई गोल गरे । उनले २९ औं मिनेटमा पहिलो गोल गरेपछि ४३ औं मिनेटमा दोस्रो थपे ।
यसबीच इराकका लागि आयमेन हुसेनले ३९ औं मिनेटमा एक गोल फर्काए । दोस्रो हाफको ७६ औं मिनेटमा लियो ओस्टिगार्डले नर्वेका लागि तेस्रो गोल गरे । इन्ज्युरी समयको सातौं मिनेटमा क्रिस्टिन थ्रोस्टभेड्टले चौथो गोल थपे ।
नर्वे २८ वर्षयता पहिलो पटक विश्वकपमा खेलिरहेको हो । यस्तै इराक पनि सन् १९८६ पछि पहिलो पटक विश्वकप खेलिरहेको हो । यो जितपछि नर्वेको तीन अंक भएको छ र फ्रान्ससँगै समूह आई को शीर्ष दुई स्थानमा रह्यो ।
गोल अन्तरमा नर्वे पहिलो स्थानमा रह्यो । यसअघि फ्रान्सले सेनेगेललाई समान ३–१ ले हराएको थियो । यी नतिजाले फ्रान्स र नर्वे दुवैको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women