← समाचारमा फर्कनुस्
Football Aug 24, 2026 · Swadesh

न्युकासलसँग लिभरपुलको बराबरी

न्युकासलसँग लिभरपुलको बराबरी

खेलको अन्तिम प्रहारका रूपमा डोमिनिक सबोसलाईले पेनाल्टीबाट गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडलाई २–२ को बराबरीमा रोकेको छ । लिभरपुलले आफ्नो प्रशिक्षक एन्डोन इराओलाको नेतृत्वमा खेलेको यो नै पहिलो औपचारिक खेल रह्यो ।

लिभरपुलको कमजोर डिफेन्सको फाइदा उठाएर एन्थोनी इलान्गाले सुरुमै गोल गर्दै न्युकासललाई अग्रता दिलाए । कोडी गाक्पोले दोस्रो हाफ सुरु भए लगतै बराबरी गोल फर्काए । तर जोए विलकको गोलले न्युकासल फेरि अग्रता लिन सफल रहेको थियो ।

खेल समाप्तीतर्फ अग्रसर रहेको बेला लेविस हलले भिक्टर मुनोजमाथि फल गरे र त्यसमै प्राप्त पेनाल्टीलाई सबासलाईले गोलमा परिणत गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →