← समाचारमा फर्कनुस्
Cricket Oct 05, 2023 · Nepalsports

एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डको शानदार जित

एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डको शानदार जित

काठमाडौं । एकदिवसीय विश्व कप क्रिकेटमा इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्डले विजयी सुरूवात गरेको छ।

आजबाट सुरुभएको विश्वकपमा भारतको नरेन्द्र मोदि क्रिकेट स्टेडीयमा इंग्ल्यान्डले दिएको २८३ रनको लक्ष्य पछ्याएको  न्युजिल्यान्डले ३६.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

न्युजिल्यान्डको लागि डेभन कन्वे र रचिन रविन्द्रले सानदार शतक प्रहार गरे। 

ओपनर विल यंगलाई शून्य रनमा गुमाएको न्युजिल्यान्डका लागि अर्को ओपनर डेभन कन्वे १५२ रन र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रचिन रविन्द्रले १२३ रन बनाउँदै न्युजिल्यान्डको जित पक्का गराए। 

पहिला कन्वेले शतक पुरा गर्दै यस विश्वकपको पहिलो शतक बनाए भने त्यसपछि २३ बर्षिय रविन्द्रले यस विश्वकपको दोस्रो र आफ्नो एकदिवसीय क्यारियरको पहिलो शतक बनाएका हुन्।

त्यसअघि टस हारे पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो। 

इङल्याण्डका लागि जो रुटले सर्बाधिक ७७ रन बनाए भने कप्तान जोस बटलरले ४३ रन बनाएका थिए। 

त्यसैगरी जोनी बैरस्ट्रवले ३३ रनको योगदान दिए भने ह्यारी ब्रुकले २५, लियाम लिभिङस्टोनले २०, डविड मलान र साम कुरानले १४, मोइन अली र क्रिस वोक्सले ११ रन बनाए।

त्यस्तै मार्क वूडले अविजित १३ र आदील राशिदले अविजित १५ रन बनाएका थिए।   

त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ३ विकेट लिदा मिचेल सान्टनर र ग्लेन फिलिपले २-२ विकेट लिए। 

त्यस्तै ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →