← समाचारमा फर्कनुस्
Cricket Jun 05, 2024 · Swadesh

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले

आइसिसी टी२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ।

समूह डी को पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो।

नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो।

नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११ रनमा अविजित रहे। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन। नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहरा समान १ विकेट लिए।

त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका प्रहार गरे। करण केसी १७, गुल्शनकुमार झा १४ र अनिल साह ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेदरल्यान्ड्सका टिम प्रिन्गल र लोगान भ्यान वीकले समान ३ विकेट लिए। पाउल भ्यान मिकरेन र बास डे लीडेले समान २ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →