नेदरल्यान्ड्स र जापान शीर्ष दुईमा

नेदरल्यान्ड्सले विश्वकप २०२६ को समूह एफ जित्नका लागि शुक्रबार ट्नेसियालाई ३–१ ले हराएको छ । यस जितपछि नेदरल्यान्ड्स सात अंकमा समूहको शीर्ष स्थानमा रह्यो । जापान भने पाँच अंकमा दोस्रो स्थानमा रह्यो र उसले पनि नकआउट चरणको यात्रा तय गर्यो ।
जापानले भने स्विडेनसँग १–१ को बराबरी खेलेको हो । स्विडेन भने चार अंकमा तेस्रो स्थानमा रह्यो र उसले पनि नकआउट चरण खेल्नेछ । ट्युनेसिया भने लगातार तेस्रो खेलमा पराजित रह्यो र अब शून्य अंकमा घर फर्किने भएको छ ।
कानसास सिटीमा भएको खेलमा इलियास स्खरीको आत्मघाती गोलमा नेदरल्यान्ड्स तेस्रो मिनेटमा अगाडि रह्यो । लगतै डच टिमका लागि ब्रायन रोबरीले सातौं मिनेटमा दोस्रो गोल थपे । ट्युनेसियाका तर्फबाट ५४ औं मिनेटमा हाजेम मुस्तरीले एक गोल फर्काए ।
जान पउल भानले ६२ औं मिनेटमा तेस्रो गोल गर्दै नेदरल्यान्ड्सको जितको औपचारिकता पूरा गरे। डलास सिटीमा जापानले दाइजन माएदाको गोलले ५६ औं मिनेटमा अग्रता लिएको थियो । तर ६२ औ मिनेटमा एन्थोनी एलान्गाले ६२ औं मिनेटमा बराबरी गोल फर्काए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women