← समाचारमा फर्कनुस्
Cricket Jul 12, 2025 · Swadesh

नेदरल्यान्ड्स र इटाली विश्वकपमा छनोट

नेदरल्यान्ड्स र इटाली विश्वकपमा छनोट

काठमाडौं। नेदरल्यान्ड्स आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको छ।

युरोपेली क्षेत्रीय छनोटकाे शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स र दाेस्राे स्थानमा रहँदै इटालीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्तरूपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो।

शुक्रबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्सले इटालीमाथि ९ विकेटको जित निकाल्यो।

नेदरल्यान्ड्सले ४ खेलमा ३ जित हात पार्यो। स्कटल्यान्डसँग भने ६ रनले पराजित भएको थियो।

यता, ४ मध्ये २ खेलमा जित हात पार्दै इटाली पनि पहिलोपल्ट विश्वकपमा छनोट भएको छ।

त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो। जर्सीसँगको खेल भने रद्द भएको थियो।

याेसँगै नेदरल्यान्ड्स पाँचौंपल्ट विश्वकपमा छनोट भएको छ। यता, इटाली भने पहिलोपल्ट टी–२० विश्वकपमा छनोट छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →