← समाचारमा फर्कनुस्
नेपाललाई नेदरल्यान्ड्सले दियो १७५ रनको लक्ष्य

काठमाडौ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
नेदरल्यान्ड्सका ओपनर लेभिटले सर्वाधिक ८६ रन बनाए। ५३ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। सकिब जुल्फिकर १४
रनमा आउट हुँदा रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेदरल्यान्ड्स ठूलो लक्ष्य दिनबाट चुक्यो।
नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट आफ्नो नाममा लेखाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |