← समाचारमा फर्कनुस्
Cricket Jun 20, 2023 · Shishir

अमेरिकालाई नेपालले ६ विकेटले हरायो

अमेरिकालाई नेपालले ६ विकेटले हरायो

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा भीम सार्कीले अविजित ७७ रन बनाएका थिए भने कुशल भुर्तेलले ३९ रन बनाएका थिए । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ सेखले १२ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्रभल्कर, नोस्थुश केन्जगे, निसर्ग पटेल र स्टेभेन टेलरले १/१ विकेट लिएका थिए ।    

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४९ ओभरमा अलआउट हुदै २०७ रन बनाएको थियो ।

अमेरिकाका लागि शयान जहागिरले शतकीय पारी खेलेका थिए । अमेरिकालाई अल आउट गर्नेक्रममा नेपाली बलर करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ र ललित राजबंशीले एक विकेट लिएका थिए ।

यो संगै जिम्बाबेसंग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित हासिल गरेको छ । त्यस्तै अमेरिकाले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले पहिलो खेलमा वेस्टइण्डिजसँग पराजित भएको थियो ।

अब नेपालले आगामी विहिबार वेस्टइन्डिजसँग खेल्ने छ भने अमेरिकाले विहिबारनै नेदरल्याण्डससँग खेल्ने छ ।   

समूह ए मा रहेको नेपालले २ खेलमा २ अंक जोडेको छ। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। जिम्बावे १ खेलमा २ जितसहित ४ अंक बटुलेर शीर्ष स्थानमा छ। एक खेल खेलेको वेस्ट इन्डिज २ अंकसहित दोस्रो र नेपाल तेस्रो स्थानमा छ। अमेरिका र नेदरल्यान्ड्स अंकविहीन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →