← समाचारमा फर्कनुस्
मलेसिया विरुद्धको सिरिज नेपाललाई

काठमाडौ- पाच खेलको सिरिजको लागी मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलिले सिरि ३-२ ले आफ्नो पक्षमा पारेको छ।
मलेसियाले जितका लागी दिएको ११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेपछि ३ विकेटले खेल जित्दै सिरिजमा कब्जा जमाएको हो।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३४ रन बनाउदा कप्तान रुबिना क्षेत्रीले २३ रन बनाईन् । त्यस्तै अप्सरी बेगमले १५ र ज्योती पान्डे १५ रन बनाइन।
टस हार्दै पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १०९ रनको बलियो लक्ष्य दिएको थियो।
नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिएकी थिइन।
५ खेलको सिरिज २-२ को बराबरीमा रहेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |