← समाचारमा फर्कनुस्
Cricket Oct 12, 2023 · Shishir

नेपालले इरानलाई २७४ रनले हरायो

नेपालले इरानलाई २७४ रनले हरायो

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई २७४ रनको विशाल अन्तरले हराएको छ। 

मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि ३५३ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो। 

नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए। सुवास भण्डारीले पनि तीन विकेट लिए। आकाश चन्द र हेमन्त धामीले दुई-दुई विकेट हात पारे। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →