← समाचारमा फर्कनुस्
Cricket Jun 09, 2023 · Shishir

महिला ट्वान्टी-२० इमर्जिङ टिम्स एसिया कपका लागी नेपाली टोलि घोषणा

महिला ट्वान्टी-२० इमर्जिङ टिम्स एसिया कपका लागी नेपाली टोलि घोषणा

हङकङमा हुन लागेको एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको नेपाली महिला टिम घोषणा भएको छ ।

भिसाको समस्याका कारण थाईल्यान्डले नाम फिर्ता लिएपछि नेपालले खेल्ने भएको हो।

यस प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ।

नेपालसंगै समूह ए मा हङकङ, भारत र पाकिस्तानका ए टोली रहेका छन्। त्यस्तै समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोलीले  सेमिफाइनलमा स्थान बनाउने छन्। 

फाइनल खेल २१ जुनमा हुनेछ ।

नेपाली टोलिः रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →