← समाचारमा फर्कनुस्
मलेसियोसंग नेपाल ५ विकेटले पराजित

नेपाल पहिलो टी-२० मा मलेसियासँग ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य घरेलु टोली मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि कप्तान रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।
बांगाईस्थित युकेएम-युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भएको थियो।
नेपालका लागि सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा ज्योती पाण्डेले ११ रन जोडिन् । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मलेसियाका लागि निक नुर अतिएलाले सर्वाधिक ३ तथा अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले २-२ विकेट लिइन ।
पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि नेपाल मलेसिया भ्रमणमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |