← समाचारमा फर्कनुस्
Cricket Oct 15, 2023 · Shishir

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित निकालेको छ। 

नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाले]को हो।

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिङ सम्हाल्दै जित दिलाएका थिए । देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए। 

यसअघि पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो।

यो जितपछि नेपालको सेमिफाइनल यात्रा लगभग सुनिस्चित भएको छ। नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेविया खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →