← समाचारमा फर्कनुस्
Football Feb 20, 2023 · Nepalsports

नेपाली फुटबल हिजो र आज

नेपाली फुटबल हिजो र आज

पोर्चुगलको राष्ट्रिय फुटबल टिम र नेपालको राष्ट्रिय फुटबल टिमले सँगसँगै पाइला सारेको हो भन्दा शायद जोकोही अचम्ममा पर्न सक्छ । कारण हो, विश्व फुटबल मानचित्रमा अहिले पोर्चुगल र नेपालको राष्ट्रिय फुटबल टिमबीचको भिन्नता । पोर्चुगलको राष्ट्रिय फुटबल टिम सन् १९२१ मा स्थापित भएको थियो । नेपालमा फुटबलको सुरुवात पनि सोहिसाल भएको मानिन्छ । तर पोर्चुगल अहिले विश्वको हेभिवेट फुटबल राष्ट्रमध्ये एक हो । नेपालले भने दक्षिण एसियामा पनि आप्mनो प्रभुत्वका लागि अझै पनि सङ्घर्ष गर्दैछ । विश्व वरीयतामै नजर राख्ने हो भने पोर्चुगल नवौँ र नेपाल १७५ औँ स्थानमा छ ।

आखिर किन पछि पर्यो नेपाली फुटबल ? फुटबलको सुरुवात भएको एक शताब्दी भइसकेको छ । नेपाली फुटबलमा लगानीको कुरा गर्ने हो भने करोडौंँको छ । तर पनि नेपाल फुटबलको स्तर दक्षिण एसियाभन्दा माथि उठ्न सकेको छैन । यस्तो किन भइरहेको छ त ? यसका कारणबारे हामी चिरफार गर्ने प्रयास गदैछौँ ।


उत्पति र सुरुवात (सन् १९२१–१९९३)

सन् १९२१ मा राणाकालमा नेपालमा फुटबलको सुरुवात भएको मानिन्छ । सो समयमा विभिन्न क्लब स्थापित भए । राम जानकी कप (१९३४) र त्रिभूवन च्यालेन्ज कप (१९४८) फुटबल प्रतियोगिता पनि भए । सन् १९५१ मा नेपालको राष्ट्रिय फुटबल टिमको स्थापना पनि भयो । सन् १९५६ मा दशरथ रंगशाला निर्माण भएपछि नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पनि आयोजना गर्न सक्ने भयो । दशरथ रङ्गशाला नेपालको पहिलो अन्तर्राष्ट्रिय रङ्गशालामा हो । यसले अहिले पनि नेपालको अन्तर्राष्ट्रिय फुटबल आयोजनाको भार थामिरहेको छ ।


उदय (१९६३ – १९७०) 

   सन् १९६३ देखि नेपालले विभिन्न अन्तराष्ट्रिय प्रतियोगतामा भाग लिन थाल्यो । नेपालले सुरुआती समयमा आगा खान गोल्ड कप, एसिया च्याम्पियन्स क्लब, एशियन क्लब च्याम्पियनसीप (अहिलेको एएफसी एसियन च्याम्पियन्स लिग) जस्ता प्रतियोगितामा सहभागिता जनाएको थियो । फुटबलका लागि भौतिक पूर्वाधार थप्ने अभियानअन्तर्गत सन् १९६९ मा विराटनगरको मोरङमा १५ हजार सिट क्षमता भएको सहिद रंगशाला पनि निर्माण गरियो । सन् १९७० मा नेपाल आधिकारिकरूपमा विश्व फुटबलको सर्वोच्च संस्था फिफाको सदस्य बनेको थियो । 

आधुनिकीकरण र गोल्डन जनरेशन (१९७० – १९९९)

    फिफाको सदस्य बनेको दुई वर्षपछि सन् १९७२ मा एसियाको सर्वोच्च फुटबल संस्था नेपाल एशियन फुटबल कन्फेडेरेसन्समा पनि जोडियो । मध्य १९८० को दशकमा नेपालले फिफाबाट युवा फुटबलको विकासको लागि आर्थिक सहयोग प्राप्त गरेको थियो । फिफाले आर्थिक सहयोगका साथ नेपालमा केही फुटबल प्रशिक्षक पनि पठाएको थियो । यही समयमा एन्फाले कोकाकोला सँग ५० लाख रुपियषँको प्रायोजन सम्झौता गरेको थियो । सन् १९९७ मा एन्फाले साफ च्याम्पियन्सीप आयोजना गर्दा दुई करोड रुपियाँ संकलन गरेको थियो । जुन रकम फुटबलको पूर्वाधार विकासमा लगानी गरेको पाइन्छ । सन् १९९९ मा फिफाको गोल प्रोजेक्टमार्फत एन्फाले ४.१ मिलियन डलर प्राप्त गर्यो ।  एन्फाले यो रकम काठमाडौं, बुटवल र धरानमा टेक्निकल सेन्टर र फुटबल एकेडेमी निर्माण गर्न प्रयोग गरेको बताएको छ ।

यसबीच सन् १९८१ मा वीरगंञ्ज पर्सामा १५ हजार सिट क्षमताको नारायणी स्टेडियम निर्माण भयो । सन् १९९९ मा चार हजारको सिट क्षमता भएको एन्फा कम्प्लेक्स पनि ललितपुर, सातदोबाटोमा निर्माण गरियो । नेपाल दोस्रो र छैटौँ संस्करणको दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वयर्ण पदक जितेर साफ च्याम्पियन बन्यो । यस समय अवधिमा नेपालले दुई स्वर्ण, दुई रजत र दुई काश्य पदक हासिल गरेको थियो ।

मध्य १९८० को दशकमा नेपालमा महिला फुटबलको पनि सुरुवात भयो । नेपालको महिला फुटबल टिमले सन् १९८६ मा एएफसी एसियन वुमेन्स च्याम्पियनसीपमा डेब्यू गरेको थियो । नेपाली महिला टोलीले सन् १९८६ ,१९८९ र १९९९ मा एशिया कप पनि खेलेको थियो । यही समयमा नेपालले विश्वका ठूला मानिने टोली जस्तै जर्मनी, यूएसएसआर (अहिलेको रुस), डेनमार्क जस्ता देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सन् १९९८ मा नेपालको राष्टिय फुटबल टिम फिफा वरियतामा १०५ औं स्थानमा थियो । जुन अहिले सम्मकै उच्च हो ।


क्षय (२००० – २००९)

  सन् २००१ देखि २००३ सम्मको अवधिलाई नेपाली फुटबलमा बिर्सनलायक समय भन्न सकिन्छ । यो समयमा एन्फा दुई भागमा बाँडिएको थियो । दुई एन्फा सक्रिय हुँदा फिफाले नेपाललाई कुनै पनि फुटबल गतिविविध गर्न र गराउन प्रतिबन्ध लगाएको थियो । जुन विवाद अन्तमा फिफाले गणेश थापालाई एन्फाको प्रमुख बनाएर सल्टिएको थियो ।  

  अन्तराष्ट्रय स्तरमा यो समयमा  नेपालको खेल सराहनीय थियो  । तर सन् २००७ बाट नेपाली फुटबलरहरु म्याच फिक्सरहरुसँग नजिकिएको विभिन्न रिपोर्टले दखायो । नेपालका पाँच राष्टिय खेलाडी म्याच फिक्सिङमा निलम्बनमा नै परे । महिला फुटबल पनि सुस्त रह्यो । सन् २००१ देखि २००९ सम्म राष्ट्रिय स्थरमा कुनै पनि गतिविधि भएन ।  

फुटबल पूर्वाधारको कुरा गर्दा सन् २००२ मा दस हजार सिट क्षमता भएको च्यासल स्टेडियम ललितपुरमा निर्माण गरियो । सन् २००४ मा १६,५०० सीट क्षमता रहेको पोखरा रङ्गशालामा पनि बनेको थियो ।

  

पुनस्र्थापना (२०१० देखि हालसम्म)

सन् २००९ पछि महिला फुटबल फेरि जुरमुरायो । सन् २००९ मा राष्ट्रिय लिग सुरु भयो । सन् २०१० मा नेपाली चेलीहरुले ११ औं दक्षिण एसियाली खेलकुद र साफ महिला फुटबल च्याम्पियन्सीपमा रजत पदक हािसल गर्यो । नेपालको राष्ट्रिय पुरुष ाफुटबल टिमले सन् २०१६ मा बङगबन्धु गोल्ड कप, एएफसी सोलिडारिटी कप र दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्यो । जुन नेपाली फुटबल टिमको लगातार स्वर्णको ह्याट्रिक थियो । 

२०७२ सालमा नेपालमा विनाशकारी महाभूकम्प गएपछि अन्य खेलसँगै फुटबल पनि ठप्प भयो । भुकम्पले मात्र होइन अन्य विभिन्न कारणले लामो समयसम्म नेपालको शीर्ष फुटबल सहिद स्मारक लिग हुन सकेन । 

महाभुकम्पले क्षति भएका पूर्वाधार कति अझै त्यस्तै छन् । दशरथ रङ्गशालासहित धेरैको पुनसनर्माण भएको छ । मोफसलमा पनि फुटबल प्रतियोगिता सुचारु हुन थाले । सन् २०२१ को अप्रिल र मेमा नेपाल सुपर लिगको पनि आयोजना भयो । जसले नेपाली फुटबलमा नयाँ स्वाद दिएको थियो ।

एएफसी को २०१९–२० को योजना अनुसार नेपालले कुल ४१.१ मिलियन डलर तथा गोलनेपालको एक रिपोर्टअनुसार सन् २०१५ मा एन्फाले फिफाबाट ४१ मिलियन डलर प्राप्त गरेको छ । सो रिपोर्टमा त्यसको मात्र दुई प्रतिशत फुटबलको पूर्वाधारमा लगानी भएको पनि भनिएको छ । 

यति धेरै सहयोग र बजेट आउँदा पनि किन नेपाली फुटबल को स्तर उन्नति हुन सकेको छैन । राष्ट्रिय खेलाडीकै हकमा पनि मासिन १८ हजार रुपियाँ मात्र तलब छ । प्रतियोगिताहरु निरन्तर हुन सकेको छैन । घरेलु फुटबल कम हुँदा राम्रो खेलाडी परि सुनिश्चित भविष्यका लागि विदेसिरहेका छन् । आखिर के कारणले नेपाल फुटबल ओरोलोतर्फ लाग्दैछ ।

यसको कारण धेरै होलान् तर एउटा मुख्य कारण भनेको भ्रष्टाचार हो भन्दा गलत हुँदैन । 

नेपाली फुटबल र भ्रष्टाचार

सन् २०१५ सेप्टेम्बर २ मा सार्वजनिक लेखा समितिले तत्कालीन एन्फा प्रमुखलाई रु ५८ करोड हिनामिना गरेकी भन्दै दुई महिनाको लागि निलम्बन गरेकी थियो तर पछि आख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उनलाई सफाई दियो । फिफाले पनि व्यक्तिगत र पारिवारिक फाइदाका लागि अन्य फुटबल अधिकारीबाट रकम लिएको र अनैतिक कार्यका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल क्रियाकलापमा सहभागी हुन नपाउने गरी दस वर्षका लागि प्रतिबन्धित गरेको थियो । उहाँमाथि फिफाले करबि २१ लाख रुपियाँ जरिवाना पनि लगायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →