आर्सनल रियल बेटिससँग पराजित

डब्लिनको अभिभा स्टेडियममा बुधबार राति भएको प्रि-सिजन मैत्रीपूर्ण खेलमा प्रिमियर लिग च्याम्पियन आर्सनल ला लिगा क्लब रियल बेटिससँग १-३ गोल अन्तरले पराजित भएको छ।
आर्सनलका गोलकिपर केपा अरिजाबालागाको गल्तीको फाइदा उठाउँदै रोड्रिगो रिकेल्मेले खेलको ९ औं मिनेटमा गोल गर्दै बेटिसलाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको २६ औं मिनेटमा नेल्सन डेओस्साले २५ यार्डभन्दा टाढाबाट शानदार प्रहार गर्दा बेटिसको अग्रता दोब्बर भयो।
आर्सनलले ३२औं मिनेटमा नयाँ साइनिङ क्रिस्टोस जोलिसको कर्नरमा पिएरो हिन्कापीले हेडर गोल गर्दै अन्तर कम गर्यो। तर, ४३औं मिनेटमा काइ हाभर्टजको गलत पासको फाइदा उठाउँदै पाब्लो फोर्नाल्सले गोल गर्दा बेटिसले फेरि दुई गोलको अग्रता बनायो।
दोस्रो हाफमा आर्सनलले धेरै खेलाडी परिवर्तन गरे पनि स्कोरमा कुनै परिवर्तन आएन। ब्राजिलियन खेलाडी गाब्रिएल र गाब्रिएल मार्टिनेली पनि मैदान उत्रिए तापनि टोलीले गोल फर्काउन सकेन।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |