← समाचारमा फर्कनुस्
पेरिस सेन्ट-जर्मेन मालोर्कासँग पराजित

स्पेनको एस्तादी मालोर्का सोन मोइक्समा बुधबार राति भएको प्रि-सिजन मैत्रीपूर्ण खेलमा च्याम्पियन्स विजेता पेरिस सेन्ट-जर्मेन ला लिगा दोस्रो डिभिजन क्लब मालोर्कासँग ०-३ गोल अन्तरले पराजित भएको छ।
खेलको २१औं मिनेटमा अंगोलाका फरवार्ड जिटो लुभुम्बोले
गोल गर्दै मालोर्कालाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ४०औं मिनेटमा जन भिर्गिलीले डार्डरको पासमा गोल गर्दा पहिलो हाफमै मालोर्काले २-० को अग्रता बनायो।
दोस्रो हाफको सुरुवातमै मालोर्काले दबाब कायम राख्यो। ५१औं मिनेटमा एलेक्स सलाको कर्नरमा कप्तान एन्टोनियो राइलोले हेडर गोल गर्दा स्कोर ३-० पुऱ्याए।
विश्वकपका कारण धेरै मुख्य खेलाडी अनुपस्थित रहेका कारण, प्रशिक्षक लुइस एनरिकले अत्यन्त युवा टोली मैदान उतार्न बाध्य भएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |