← समाचारमा फर्कनुस्
भिनिसियस रियलमै रहने

भिनिसियस जुनियर अन्यत्र जाने सबै खाले हल्लालाई समाप्त पार्दै रियल म्याड्रिडले ब्राजिली विन्गरसँग सन् २०३२ को जुनसम्मका लागि शुक्रबार नयाँ अनुबन्ध गरेको छ । इंग्लिस च्याम्पियन आर्सनल भिनिसियसलाई किन्न इच्छुक रहेको बताइएको थियो ।
पछिल्ला केही रियलको आक्रमणमा सिजन २६ वर्षीय ब्राजिली खेलाडी नै प्रमुख खेलाडी रहेका छन् । उनको यसअघिको अनुबन्ध जुन २०२७ को जुनमा सकिने क्रममा थियो । सन् २०१८ मा उनी ब्राजिली क्लब फ्लेमिङ्गोबाट रियल आएका थिए ।
उनले अहिलेसम्म १ सय २८ गोल गरिसकेका छन् । अनुबन्धपछि भिनिसियसले इन्स्ट्राग्राममा लेखेका छन्, ‘रियल जत्तिको क्लबमा ८ वर्ष कमै हुन्छ । थप ६ वर्ष बसिनेछ । त्यसपछि सधैंका लागि यहीं हुनेछुं ।’
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |