यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टोली घोषणा, सन्दिप भने परेनन्

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोली घोषणा गरेको छ ।
पूर्व कप्तान सन्दीप लामिछाने बिना बिहीबार क्यानले १५ सदस्सीय टोली घोषणा गरेको हो ।
घरेलु मैदानमा मंगलबार लिग टू अन्तर्गत नै नामिबिया र स्कटल्याण्ड रहेको सिरिजमा सन्दीप समावेश गराएका थिए र उनले जितको लागि महत्वपूर्ण भुमिका खेलेको थियो।
करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले उक्त सिरिजको ४ खेलमा ४० ओभर बलिङ गरेर १ सय ८४ रन दिएर १३ विकेट हात पारेका थिए । सन्दीपले २०१९ देखि जारी रहेको विश्वकप लिग टू मा ५० विकेट पूरा गरिसकेका छन् ।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो ।
नेपाली टोलीले दुबईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले पहिलो खेल फागुन १५, २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ। फागुन १८ २ मार्चमा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । फागुन १९ ३ मार्चमा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्नेछ भने यूएईसंग अन्तिम खेल फागुन २२ मार्च ६ मा खेल्नेछ ।
नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।
नेपाली टोली–
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |