नेपाली क्रिकेट टोलीलाई बिदाइ

आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहिबार बिदाइ गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का संरक्षक समेट रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्यसचिब टंकलाल धिसिंगले एक कार्यक्रमबिच टोलीलाई बिदाई गरे।
सोही अवसरमा लिग टु अन्तर्गतनै किर्तिपुरको टियु खेल मैदानमा भएको नेपाल, स्कटल्याण्ड र नामिबिया बिच भएको खेलमा सत प्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाई पनि दिइएको थियो।
फागुन १५ देखि २२ गते सम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएइ प्रस्थान गर्दैछ। नेपालले युएइ र पपुवान्युगिनी संग प्रतिस्पर्धा गर्नेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लगि गौरवको कुरा त हुदै हो भन्दै सम्पुर्ण खेलाडी, आम जनता र सिंगो रीष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी, श्याम (मौसम) ढकाल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |